पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी शीतलनिवासमा सहमति जुटेको छ ।
आज शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने र कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजकमा खिला कार्कीका अनुसार, सुशीला कार्कीलाई आजै राति ९ बजे शपथ खुवाउने तयारी भएको छ ।
साइत नमिलेको र आफ्नो माग पूरा नभए पद स्वीकार नहुने अडानमा रहेकी सुशीलाले पूजा सकेर, शान्त भई रात परेपछि अर्को दिन शुरु हुने भएकाले संसद विघटनसँगै पदभार गर्ने भएकी हुन् ।
सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास पुगेका थिए ।
