संसद विघटन, राष्ट्रपतिद्धारा घोषणा

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको सूचना सार्वजनिक गर्दैछन् । उनको सचिवालयका अनुसार पौडेलले केहिबेरमा सूचना सार्वजनिक गरिसक्ने छन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ ।

साइतका लागि पूजामा व्यस्त सुशीला संसद विघटनपछि आज राती ९ बजे प्रधानमन्त्रीको सपत लिदै

जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै कार्कीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछिन्‌ ।

झण्डै चार घण्टा लामो वार्तापछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको त्यहाँ सहभागी जेन-जी प्रतिनिधिले जानकारी दिए ।