नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
शुक्रबार हालसम्मकै उच्च भएको अमेरिकी डलरको मूल्य आज घटेको छ। त्यसैगरि आज कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्रा पनि सस्तिएका छन्।
तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा छ।
हिजो ९भदौ २७ गते० अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।