चीनद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई, सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा कार्कीको प्रधानमन्त्री पद ग्रहणको अवसरमा शुभकामना दिंदै नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गको सम्मान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रवक्ताले चीन र नेपालबीच लामो समयदेखि मित्रता रहेको उल्लेख गर्दै भने, “हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन नेपालसँग काम गर्न तयार छौँ।”

यसले नेपाल–चीन सम्बन्धमा नयाँ नेतृत्वसँगै सहयोग र संवादलाई थप बलियो बनाउने संकेत दिएको छ।