खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी लि अर्थात् भदौ ३० गते (भोलिदेखि) देशभर सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले ४५ जिल्लाका १११ स्थानबाट पसल सञ्चालन गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिका कारण सहुलियत पसल सञ्चालनको निर्णय केही समयका लागि अन्योलमा थियो। आन्दोलन नियन्त्रण गर्न सेनाले निषेधाज्ञा र कर्फ्यूसमेत लगाएको थियो। अहिले अवस्था केही सामान्य भएपछि सहुलियत पसल सञ्चालन गर्ने निर्णय लिइएको हो।
यी पसलमार्फत उपभोक्ताहरूले खाद्यान्न सामग्रीमा छुट पाउनेछन्।
सहुलियत दरमा उपलब्ध हुने सामग्री तथा छुट यसप्रकार छ:
१. चामल, चिनी, गेडागुडी: प्रतिकिलो ५ रुपैयाँ छुट
२. खाने तेल, चिउरा, आटा, मैदा: प्रतिकिलो ७ रुपैयाँ छुट
३. चिउरा, जिरा, धनियाँ: प्रतिकिलो १० रुपैयाँ छुट
यद्यपि, खसीबोका र च्याङ्ग्राको बिक्री अझै अनिश्चित रहेको कम्पनीले जनाएको छ। यद्यपि केही ठाउँमा अग्रिम अनलाइन बुकिङ भइसके पनि सामाजिक सञ्जाल बन्द र आन्दोलनका कारण बाधा आएको छ।
स्थानीय तहसँग समन्वय गर्दै वर्तमान अवस्था हेरेर १–२ दिनभित्र खसी र च्याङ्ग्राको बिक्रीबारे निर्णय गरिने कम्पनीको भनाइ छ।