व्यापारिक घराना गोल्यान ग्रुपले सुन्दर र समृद्ध नेपाल निर्माणका लागि सबै नागरिकलाई एकजुट हुन आह्वान गरेको छ। गत साता भएको जेन–जी संघर्षलाई स्मरण गर्दै, ग्रुपले विगतलाई सम्मान गर्दै भविष्यका पुस्ताका लागि नयाँ बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको छ।
आइतबार आफ्नो फेसबुक पेजमार्फत जारी सन्देशमा गोल्यानले उल्लेख गरेको छ, “अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिबद्धताको आवश्यकता छ। सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं।”
ग्रुपले संघर्षका बीच पनि नयाँ पुस्तामा आशा र उज्यालो भविष्यप्रतिको अटल विश्वास रहेको टिप्पणी गरेको छ। सन्देशमा भनिएको छ, “यो नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ र हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँछ।”
साथै, गोल्यान ग्रुपले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्तिलाई “राष्ट्रको इतिहासमा एक नयाँ अध्याय” भन्दै स्वागत गरेको छ।