हालैको आन्दोलनमा प्राण गुमाएका युवाहरूको श्रद्धाञ्जलीस्वरूप आज देशभर सार्वजनिक शोक बिदा दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना शहीदलाई शहीद घोषणा गर्दै उनीहरूको शवलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार असोज १ गते (आज) सरकारी कार्यालय, शिक्षालय र सार्वजनिक निकायहरू बन्द छन्। देशभरका सरकारी कार्यालय र संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइएको छ, जसले शहीदको बलिदानप्रतिको सम्मान प्रकट गर्छ।
मंगलबार राजधानीको पशुपति आर्यघाटमा सामूहिक शवयात्रा सहित शहीदहरूको अन्त्येष्टि सम्पन्न गरिएको थियो। केही शहीदका शव उनीहरूको जन्मथलोमा पुर्याई परिवारको उपस्थितिमा सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।
सरकार र नागरिक समाजले शहीदको योगदानलाई सदैव सम्झिरहने प्रतिबद्धता जनाउँदै उनीहरूको बलिदानले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा देशको उज्यालो भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन्।