साउनमा वाणिज्य बैंकको नाफा ८ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा नेपालका वाणिज्य बैंकहरुले कुल ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो अघिल्लो वर्षको साउनको तुलनामा ०.०८ प्रतिशतले कम हो। अघिल्लो वर्षको साउनमा बैंकहरूले ९ अर्ब १७ करोड ६१ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका थिए।

साउनमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ, जसले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसपछि नबिल बैंकले ७१ करोड ६४ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्षको साउनमा यी बैंकहरुले क्रमश: ८९ करोड २४ लाख, ८० करोड ३३ लाख र ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

अन्य बैंकहरुको नाफा यस प्रकार छ: राष्ट्रिय वाणिज्य बैंक ५५ करोड ८३ लाख, नेपाल बैंक ५५ करोड २७ लाख, प्राइम बैंक ५० करोड ४९ लाख, कुमारी बैंक ४९ करोड २४ लाख, एभरेष्ट बैंक ४८ करोड ३९ लाख, एनएमबि ४६ करोड ६७ लाख, हिमालयन बैंक ४० करोड ८९ लाख र सिद्धार्थ बैंक ४० करोड १३ लाख।

साथै, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंक ३९ करोड २ लाख, एनआईसी एशिया ३१ करोड ९३ लाख, प्रभू बैंक ३० करोड २३ लाख, सिटिजन बैंक २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड २७ करोड १६ लाख, माछापुच्छ्रे बैंक २६ करोड ५२ लाख, नेपाल एसबिआई १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन्।