नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार रुपैयाँ पुगेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।