प्रधानमन्त्री सुषिला कार्कीले जनताको आवाज सुन्नु नै लोकतन्त्रको मूल आत्मा भएको बताएकी छन्। संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा टुँडिखेलस्थित सेनापभिलियनमा आयोजित विशेष समारोहमा बोल्दै उनले लोकतान्त्रिक प्रणाली भनेको आफ्ना नागरिकको कुरा सुन्ने प्रणाली भएको उल्लेख गरे।
प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरको रूपमा पनि हेरिनु पर्ने बताए। उनले विगतका उपलब्धि र कमजोरीमाथि प्रतिबिम्ब गर्दै आगामी दिनमा सुधारका लागि प्रतिबद्धता व्यक्त गरिन्।
उनले थपे, “२०७२ साल असोज ३ गते संविधानसभाले पारित गरेको नेपालको संविधान नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनको परिणाम हो। यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा जिम्मेवारी हो।”
प्रधानमन्त्री कार्कीले संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनमा जनताको सक्रिय सहभागिताको महत्व पनि औँल्याइन्।
