सरकारले सहुलियतपूर्ण कर्जा अनुदानका लागि १० अर्ब निकासा

सरकारले चालु आर्थिक वर्षको लागि सहुलियतपूर्ण कर्जा ब्याज अनुदानका लागि झन्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले एकीकृत कार्यविधि २०८२ अनुसार ९ अर्ब ८० करोड रुपैयाँ निकासी गरेको जानकारी दिएको छ।

यस निकासासँगै बैंक तथा वित्तीय संस्थाहरूमा दुई वर्षदेखि रोकिएको ब्याज अनुदानको दायित्व फछ्र्योट हुने र कर्जा प्रवाहमा गति आउने अपेक्षा गरिएको छ।

अघिल्लो सरकारले प्रयोग गरेको पुरानो कार्यविधि खारेज गरी नयाँ कार्यविधि २०८२ जारी गरिएको थियो। नयाँ कार्यविधिअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न सक्नेछन्। सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था पनि रहेको छ।