मन्त्रीहरूको शपथ एक घण्टा पछिलाई सर्यो

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे हुने भएको छ। यसअघि २ बजेलाई तोकिएको शपथ एक घण्टा पछि सारेर ३ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको हो।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्तिका लागि थप ५ जनाको नाम सिफारिस भएको छ।

नयाँ मन्त्रीका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार छन्।

त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रका नाम सिफारिस भएको भए पनि उनीहरूको नाम अहिलेलाई होल्डमा राखिएको बताइएको छ।