ग्लोबल मोबिलिटी एन्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले दसैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरका लागि विशेष सुविधा घोषणा गरेको छ। कम्पनीले पियर–टू–पियर (पीटुपी) मोडलमार्फत यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा राइड लिने र उचित मूल्य निर्धारण गर्ने अधिकार उपलब्ध गराउँदै आएको छ।
इनड्राइभमा यात्रु र चालकबीच यात्रा सुरु हुनुअघि नै भाडाबारे आपसी सहमति हुने भएकाले दुवै पक्षलाई न्यायसंगत मूल्य तय गर्न सहज हुने कम्पनीले जनाएको छ। दसैं अवधिभर चालक पार्टनरलाई शून्य प्रतिशत सेवाशुल्क लागू हुने र राइडबाट प्राप्त सम्पूर्ण आम्दानी उनीहरूले नै राख्न सक्ने व्यवस्था गरिएको छ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, “इनड्राइभमा आफूलाई ठूलो समुदायको हिस्सा मान्छौं। दसैं अवसरमा चालक पार्टनरलाई थप आम्दानी गर्न सहयोग पुग्ने र यात्रुले सुरक्षित तथा निष्पक्ष यात्रा अनुभव गर्न सकून् भन्ने उद्देश्यले शून्य प्रतिशत सेवाशुल्कको सुविधा ल्याएका हौं।”
कम्पनीका अनुसार यो योजना मार्फत राजधानीका चालकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्नेछ भने यात्रुहरूले पनि सहज र पारदर्शी सेवाको अनुभव प्राप्त गर्नेछन्।
