लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार पनि नयाँ उच्च स्तरमा पुगेको छ। आइतबार सुन प्रतितोला ११ सय रूपैयाँले बढेको थियो भने सोमबार ७०० रूपैयाँले वृद्धि भइसकेको थियो। मंगलबार सुनको मूल्य एकैदिन ३ हजार ९०० रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ कायम थियो।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि उच्च भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले बढेर आज २ हजार ६८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
