नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दशैँमा परीक्षण अन्तर्गत सञ्चालन तयारी

दशैँ पर्वका लागि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न तयारी भइरहेको छ। आयोजनाले सुरुङमार्ग हाल परीक्षणको क्रममा रहेको जानकारी दिएको छ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार, आज सुरुङ अगाडि बलम्बु फ्लाइओभर को परीक्षण गरिएको छ। यो फ्लाइओभरको परीक्षण ४८ घण्टामा सकिने छ। पन्थीले भने, “मुख्य सुरुङको परीक्षण पूरा भइसकेको छ, अब फ्लाइओभरको परीक्षण हुँदैछ। शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिनेछ।”

हालै परीक्षणको क्रममा भएकाले सुरुङमार्ग कहिलेबाट पूर्णरूपमा सवारीका लागि खुल्ने भन्ने टुंगो नलागेको पनि उनले बताए। साथै, सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको छ।

गत शनिबार यातायात व्यवसायीसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरुङमार्ग दशैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए। सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारले छलफल पनि गरिरहेको छ।

दशैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र सुरुङमार्ग निःशुल्क उपलब्ध गराइने जनाइएको छ।