आर्थिक विकासका लागि उद्योग व्यवसायमा सुरक्षा बलियो बनाउन आवश्यक

आर्थिक विकासका लागि उद्योग व्यवसायमा सुरक्षा बलियो बनाउन आवश्यक रहेको छ । उद्योग व्यवसायले नै रोजगारी, राजश्वमा पाइला टेकेकाले आर्थिक विकास हुन्छ । त्यसको लागि नीजि क्षेत्रसँगै उद्योग व्यवसायलाई सुरक्षा बलियो पार्न आवश्यक छ ।
जेनजिको आन्दोलनमा घुसपिठ भएर जेनजिभन्दा बाहिरकाले विभिन्न व्यवसाय तथा उद्योगधन्धामा नष्ट पारेका हुन् । सिंहदरबारदेखि विभिन्न सरकारी तथा नीजि क्षेत्रका आवास तथा औद्योगिक क्षेत्रमा क्षति भएको छ । अब व्यवसायद्धारा आर्थिक विकासका लागि उद्योग व्यवसयामा सुरक्षा कडाइ पार्नुको विकल्प छैन ।

पुराना नेताको वेथितीले जेनजी उदायर मुलुकमा परिवर्तन भएको छ । जेनजि युवा पुस्तालाई मुलुकमा भएको भ्रष्टाचार मुलुकमा हरेक क्षेत्रमा हुने ढिला सुस्तिलाई हटाउन लागेको हो । मुलुकलाई सहि तरिकाले अघि बढाउन लागेको हो । मुलुकले सरकारले जनतासँग प्रत्यक्ष काम गर्नका लागि गरेको संघर्ष हो ।

जेन-जि पुस्ताले राम्रो गर्न खोज्दा खोज्दै पनि बिचमा घुसपेठ भएर थुप्रै जनधनको क्षति भयो । अर्बौको क्षति भएको अवस्था छ । जेन-जिले रोजेको व्यक्तिको नेतृत्वमा सरकार बनेको छ । उद्योगि व्यवसायीको लागि राम्रो हुन्छ भन्ने आशा छ । देशमा रोजगाारी छैन यसको लागि सरकार लाग्नुपर्छ ।

डिजिटल माध्यमबाट युवाहरुले काम पनि गर्थे । सरकारले युवाको रोजगारी डिजिटल माध्यमबाट खोसेका कारणले पनि जेनजी आन्दोलन भएको हो । नयाँ नेतृत्वले व्यवसायीलाई अवसर दिनुपर्छ । उद्योग व्यवसाय राम्रोसँग चलाउन दिनुपर्छ । नीजि क्षेत्रलाई असर परेपनि नियमानुसार काम गर्न दिनुपर्छ ।

राजेन्द्र मल्ल नेपाल चेम्बर अफ कमर्शको निर्वतमान अध्यक्ष हुनुहुन्छ ।