होण्डाको चाडपर्व अफर : कार किन्दा १० लाखसम्म छुट

  • Clock icon
    २०८३ आश्विन ९, शुक्रबार

काठमाडौं। नेपालीहरुको महान् चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘फेस्टिभ अफर–होण्डाको सफर’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

ग्राहकहरुको चाडपर्वलाई थप खुसीमय बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर तथा एक आर्थिक वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ। त्यस्तै, गाडी खरिदपछिको ग्राहक अनुभवलाई सहज बनाउन ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता समेत प्रदान गरिने कम्पनीले जनाएको छ।

पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनस पनि योजनामा समावेश गरिएको छ।

त्यसैगरी, नयाँ गाडी खरिदलाई थप सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एशिया बैंकसँगको सहकार्यमा आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘फेस्टिभ अफर–होण्डाको सफर’ योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ शुक्रबारदेखि छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ सोमबारसम्म देशभरका होण्डा कार शोरुममा लागू हुनेछ। योजनाअन्तर्गत कार खरिद गर्दा कम्पनीले तोकेका नियम तथा सर्तहरु लागू हुनेछन्।

‘ड्राइभ अ ब्राइटर टुमोरो’ भन्ने नाराका साथ ल्याइएको यस योजनामार्फत ग्राहकले होण्डा सीआर–भी, एलेभेट, सिटी र सिटी ई–एच–ई–भी लगायतका कार छुट तथा विभिन्न सुविधासहित खरिद गर्न सक्नेछन्।

कम्पनीले चाडपर्वको अवसरमा यी कार घर भित्र्याएर आफ्नो तथा परिवारको खुसी दोब्बर बनाउन ग्राहकलाई आह्वान गरेको छ। योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले आफूलाई पायक पर्ने होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।

  • Clock icon
    २०८३ आश्विन ९, शुक्रबार