माइतीघर : राप्रपाको मौन प्रदर्शन

काठमाडौंको माइतीघरमा राप्रपाका युवा नेताहरूले शनिबार सांकेतिक मौन प्रदर्शन गरेका छन्।

जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई बेवास्ता नगर्न माग गरे।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीका अनुसार अन्तरिम सरकार गलत दिशामा अघि बढ्न खोजेकाले चेतावनीस्वरूप प्रदर्शन गरिएको हो। सहभागीहरूले महँगी, प्रदेश खारेजी र संविधानप्रति असन्तुष्टि जनाउने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।