मिति २०८२ साल असोज ०९ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई Hyundai गाडी को अधिकृत विक्रेता Laxmi Intercontinental Pvt. Ltd. का देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Laxmi Intercontinental Pvt. Ltd. बाट  Hyundai  brand का विभिन्न model का गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. पचास हजार देखि  एकासी हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Laxmi Intercontinental Pvt. Ltd को तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरे ।
                         
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            