सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनस् सुरु गरेको छ । सरकारले उक्त कार्यक्रम पुन: सुरु गर्न सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि सहित बक्यौता करिब १० अर्ब रुपैयाँ बराबर ब्याज भुक्तानी दिएको हो ।
सोही अनुसार सरकारले नयाँ कार्यविधि सँगै बक्यौता सहुलियत ब्याज पनि भुक्तानी दिई फेरी सुरु गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।
नयाँ कर्जा जारी होस् भनेर नै बक्यौता ब्याज भुक्तानी गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
सरकारले सहुलियतपूर्ण कर्जा दिने भनेको ब्याज भुक्तानी नदिएपछि बैंकहरूले अनौपचारिक रूपमा दुई वर्षदेखि सहुलियतपूर्ण कर्जा प्रदान गर्न रोकेका थिए । बैंकहरूले रोकेको उक्त कार्यक्रमलाई राष्ट्र बैंकले पनि मौन समर्थन गर्दै कर्जा स्वीकृत गरेको थिएन ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष साउनसम्म मात्रै ७६ अर्ब ५२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा उठ्न बाँकी छ ।
पुरानो कर्जामा सरकारले बैंक तथा वित्तीय संस्थालाई दिन बाँकी ९ अर्ब ८० करोड ब्याज चालु असोज पहिलो साता भुक्तानी दिएको छ ।
योसंँगै बैंक तथा वित्तीय संस्थाले अझै सरकारले करिब ३ अर्ब ब्याज बक्यौता भुक्तानी दिएको छैन ।
अनलाइनखबरबाट साभार
