नेपाली बजारमा सुनको मूल्य आज सबैभन्दा उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला २,५०० रुपैयाँ बढेर २,३३,१०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य २,३०,६०० रुपैयाँ प्रति तोला रहेको थियो। यसबारे महासंघले यसलाई नेपाली बजारमा अबसम्मको उच्चतम मूल्य भएको बताएका छन्।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रति तोला ३० रुपैयाँ बढेर २,९६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य २,९३० रुपैयाँ प्रति तोला रहेको थियो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            