बुधबार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम संकलन गर्न लागेको छ। अधिक तरलता व्यवस्थापनका लागि मंगलबार मात्र ९० अर्ब रुपैयाँ उठाइसकेको राष्ट्र बैंकले आज थप २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले असोज २२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो रकम ११ दिनको लागि निक्षेप संकलन गर्न लागिरहेको जनाएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँ भाग दिने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बाँकी भाग कुल आह्वान रकमभित्रै भाग हुने गरी मिलाइनेछ।
सावाँ तथा ब्याज भुक्तानीको म्याद असोज १२ गते तोकिएको छ भने ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            