आजको मौसम : देशभरको मौसम सफा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ ।

आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ ।