देशका अधिकांश भूभागमा मौसम मुख्यत : सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ ।

महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ ।

कार्तिक ३ गते आज लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ ।

तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने सम्भावना रहेको छ  ।