सानिमा बैंकको नयाँ अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन्। कात्तिक २ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

उक्त बैठकभन्दा अघि, बैंकको २१औं साधारण सभाले चार वर्षका लागि तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई निर्विरोध सञ्चालकमा चयन गरेको थियो।

त्यस्तै, सभाले बैंकको चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस नियुक्तिपछि तुकप्रसाद पौडेलले बैंकको व्यवस्थापन र रणनीतिक योजनामा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।