दुई दिनमै सुनको मूल्यमा १३ हजारभन्दा बढी गिरावट

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि भारी घटेको छ । आइतबार एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छापावाल सुन आज सोमबार थप २ हजार रुपैयाँले घट्दै तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ तोकिएको थियो । लगातारको गिरावटसँगै दुई दिनमै सुनको मूल्य १३ हजार ६०० रुपैयाँले सस्तो भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको २ हजार ५५५ रुपैयाँमा झरेको छ, जसअनुसार चाँदीमा तोलामा ४६० रुपैयाँको गिरावट आएको हो ।

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार