जेनजी आन्दोलन: प्रहरी जवान हत्या आरोपमा दुई जना थप पक्राउ

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार

जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्याको आरोपमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

सुकेधाराबाट सिन्धुलीका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाबाट २७ वर्षीय सौरभ तामाङलाई सोमबार साँझ पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा नियन्त्रणमा लिएको बताइएको छ।

यो घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै घटना सम्बन्धी थप तथ्याङ्क संकलन गरिरहेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार