प्रचण्डको आह्वान: देश बचाउन बाम र लोकतान्त्रिक एकता अनिवार्य

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार

काठमाडाैं, ११ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक जटिलता समाधान गर्न बाम एकता र राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन्।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको अपिलमा प्रचण्डले भनेका छन् कि देशका समस्याहरू र संकटहरू प्रगतिशील सोच, प्रतिबद्ध संगठन र सच्चा राजनीतिक पहलमार्फत मात्र समाधान गर्न सकिन्छ।

उनले स्पष्ट पारे, “देशभक्त, प्रगतिशील र बाम शक्तिहरूबीचको संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अनिवार्य भइसकेको छ।”

प्रचण्डले सबै गणतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूलाई संविधानको संरक्षण, समावेशी लोकतन्त्रको उन्नति, र राष्ट्रिय स्वतन्त्रताको रक्षाका लागि साझा राष्ट्रिय मोर्चामा उभिन आह्वान गरेका छन्।

साथै उनले सबै बाँया शक्तिहरू, विशेष गरी माओवादीलाई एउटै कम्युनिष्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गरेका छन्।

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार