खिम्ती–१ मा निःशुल्क शेयरको माग

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

निजी क्षेत्रकै पहिलो ठूलो ६० मेगावाटको खिम्ती–१ जलविद्युत् केन्द्रसँग स्थानीयबासीले सेयर पाउनुपर्ने माग पुनः ब्युँताएका छन् ।

जलविद्युत् केन्द्रका प्रभावित दोलखा र रामेछापका स्थानीयबासीले यस अघि पटक–पटक ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा निःशुल्क सेयरको माग गर्दै मागपत्र गर्दै आएका थिए ।

दोलखाको तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी र रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काको टोलीले तिहार सकिएलगत्तै ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङलाई सिंहदरबारमा भेटेर पुनः यस्तो माग राखेका हुन् ।

 

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार