पुलिसको रोमाञ्चक जित

साविक विजेता नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ।

आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३(२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

पोखरा रंगशालास्थित को कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो ।

यो जितमा पुलिसले २ अंक जोड्यो। ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ। ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ।

आर्मीले ४ खेलमा मात्र १ अंक बनाएको छ। आर्मीले एक खेल पनि जित्न सकेको छैन्। सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ।

पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।

आज बिहान भएको खेलमा एभरेष्टले जित हासिल गरेको छ। एभरेष्टले कर्णाली लाई ३(० को सोझो सेटमा हरायो।

थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५(१४, २५(७,२५(२० ले पराजित गर्यो।
न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुरुषतर्फ आज पनि ४ खेल हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।