नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार