ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ सिजन २ का लागि ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ। नेपाली खेल समुदायसँग सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित कम्पनीले यसपटक पनि एनपिएलसँग सहकार्य विस्तार गरेको हो।
ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ का “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ। यसअघि पनि कम्पनीले एनपिएल सिजन १ मा ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा सहकार्य गरेको थियो।
कम्पनीका अनुसार ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगबीचको सहकार्य उत्कृष्ट प्रदर्शन, लगाव र इनोभेसनलाई प्रवर्द्धन गर्ने साझा दृष्टिकोणमा आधारित छ। देशकै लोकप्रिय क्रिकेट प्रतियोगिता एनपिएलले खेलमार्फत राष्ट्रिय एकता र गौरव अभिवृद्धिमा योगदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एसपिजी अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाले भने, “ओमोडा एन्ड जेइको ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट र क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा मेल खान्छ। यस साझेदारीमार्फत हामी युवाहरूमा खेलप्रतिको ऊर्जा र प्रतिबद्धता अझ बढाउन चाहन्छौँ।”
एनपिएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले दर्शकहरूका लागि उत्साहजनक ब्रान्ड गतिविधि, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनसमेत गर्ने जनाएको छ। सहकार्यको मुख्य आकर्षणका रूपमा, मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमोडा एन्ड जेइकोको प्रिमियम गाडी प्रदान गरिनेछ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            