भिभो वाई ४०० नेपाली बजारमा : प्रिमियम डिजाइन र शक्तिशाली प्रदर्शन एकैसाथ

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो (vivo) ले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ मोडल भिभो वाई ४०० (vivo Y400) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। स्टाइल, प्रदर्शन, टिकाउपन र मनोरञ्जन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो मोडल भिभोको ‘फ्ल्यागशिप अनुभव सुलभ मूल्यमा’ भन्ने अवधारणामा आधारित छ।

भिभो वाई ४०० दुई आकर्षक रङहरू — पर्ल व्हाइट र डायनामिक ग्रीन — मा उपलब्ध छ। ७.९ मिमि मेटालिक फ्रेम र अत्यन्तै पातलो बेजलसहितको डिजाइनले यसलाई आधुनिक र प्रिमियम लुक दिएको छ। डायमन्ड–कट क्यामेरा मोड्युल र कुशन–कट फिनिशले यसको दृश्य आकर्षणलाई अझ बढाएको छ।

यो मोडलमा ६.६७ इन्चको १२० हर्ज एएमोलेड डिस्प्ले रहेको छ, जसले ४००% सम्म ध्वनि वृद्धि गर्ने डुअल स्टेरियो स्पिकर सहित सिनेमाजस्तो अनुभव प्रदान गर्छ। एसजीएस आई प्रोटेक्सन प्रमाणित स्क्रिन ले लामो प्रयोगमा पनि आँखाको सुरक्षा गर्छ, र इन–डिस्प्ले फिङ्गरप्रिन्ट अनलक प्रणालीले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्छ।

क्यामेराको पक्षमा, वाई ४०० मा ५० एमपी सोनी IMX852 मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र २ एमपी बोके लेन्स छन्। अण्डरवाटर फोटोग्राफी, वन–ट्याप वाटर इजेक्सन, एआई इरेज २.०, एआई फोटो इन्ह्यान्स र लाइभ फोटो जस्ता स्मार्ट फिचरहरूले फोटोग्राफी अनुभवलाई अझ सहज र उन्नत बनाएका छन्।

भिभो वाई ४०० IP68/69 डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट भएकाले यो २ मिटर गहिरो पानीमा ३० मिनेटसम्म सुरक्षित रहन्छ। वेट–ह्याण्ड टच अल्गोरिदम र एयर स्प्रिङ ड्रप–रेजिस्टेन्ट केस ले फोनलाई थप सुरक्षा प्रदान गर्छ।

पावरका हिसाबले, यसमा ६००० mAh ब्लू–भोल्ट ब्याट्री र ४४W फ्ल्यासचार्ज टेक्नोलोजी छ, जसले फोनलाई १% बाट ५०% चार्जमा पु-याउन ३० मिनेट मात्र लिन्छ। स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन, र २४–डाइमेन्सन सेफ्टी मोनिटरिङ ले चार्जिङलाई सुरक्षित बनाउँछन्।

स्न्यापड्रैगन ६८५ (६एनएम) प्रोसेसर द्वारा सञ्चालित यो फोनमा २५६ GB स्टोरेज र ८ GB एक्सटेन्डेड ¥याम रहेको छ। साथै, भिभोको ५० मन्थ स्मूथ एक्सपेरियन्स फिचरले लामो समयसम्म पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

फोनमा रहेका एआई सुविधाहरू — एआई नोट्स, एआई रेकर्डर, एआई डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च — ले प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउँछन्। साथै, लिंक टु विन्डोज फिचरमार्फत फोनलाई कम्प्युटरसँग सजिलै जोड्न सकिन्छ।

डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० अहिले देशभरका भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा रु. ३६,९९९ मा उपलब्ध छ।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार