कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिनुभयो ।
गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गर्नुभएको थियो । त्यो आफ्नै रेकर्डलाई उहाँले आज मंगलबार ब्रेक गर्नुभएको हो । गत वर्ष उहाँले १० दिनकै फरकमा दुईपटक सगरमाथा आरोहण गर्नुभएको थियो ।
उहाँले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राख्नुभएको छ ।