१० महिनामा १२ हजार २५९ जना विदेशी पर्यटक

चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो।

आर्थिक वर्ष २०८०-८१ मा नौ हजार ७८२, आव २०७९-८० मा सात हजार ७०५ र आव २०७८-७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ।