धादिङको थाक्रेमा पुल भ्वाङ – यात्रु अलपत्र

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् ।

पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् ।

पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् । जसकारण हिँडेर पुल क्रस गरेर केही यात्रुहरु भने पारि तर्फका गाडी चढेर गन्तव्यमा जाने तरखरमा अघि बढेका छन् ।

पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।