गृहमन्त्री आर्यालद्वारा गोप्य मामिलामा धैर्य राख्न जनता अनुरोध

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

गृहमन्त्री ओम प्रकाश आर्यालले गृह मन्त्रालय संवेदनशील निकाय भएकाले केही चालू मामिलाबारे खुलासा गर्न नसकिने बताएका छन्। सोमबार फेसबुकमार्फत जारी सन्देशमा उनले भने, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील छ। केही मामिलामा हामीले के गरिरहेका छौं भन्नै पाइँदैन, र कहिलेकाहीँ के गरेका छौं भन्ने पनि खुलाउन सक्दैनौं।”

उनले थपे “हामीसँग अरू विकल्प छैन, केवल शुद्ध मनले कर्तव्य पालन गर्नुपर्छ। हाम्रो कार्यकालको अन्त्यमा जनता प्रति धन्यवाद व्यक्त गर्नेछौं। सबैले धैर्य राखिदिनुहोला।” मन्त्री आर्यालले देशलाई निर्वाचनमार्फत समाधानतर्फ अग्रसर गराउने र सुशासनको मार्गमा क्रमिक रूपमा अगाडि बढाउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार