सगरमाथाको शिखरमा लुम्बिनी बैंकको झण्डा : कामी रिता शेर्पालाई विशेष सम्मान

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार

लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकै सर्वोच्च शिखर सगरमाथाको ३१औँ सफल आरोहण पूरा गरेका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई आज (मिति २०८२ कार्तिक २३ गते) विशेष सम्मान प्रदान गरेको छ।

स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” अभियानअन्तर्गत बैंकसँग आवद्ध रहँदै आएका शेर्पाले यसपटक पनि सगरमाथाको शिखरमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर फहराउँदै बैंक र देशको गौरव बढाएका हुन्।

उक्त अवसरमा आयोजित सम्मान समारोहमा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कामी रिता शेर्पालाई सम्मानपत्र प्रदान गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गरे। बोहराले शेर्पाको यो साहसिक उपलब्धिले केवल शेर्पा समुदाय वा बैंकका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय भएको बताए।

पर्वतारोही कामी रिता शेर्पा करिब दुई दशकदेखि लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” सदस्य रहँदै आएका छन्। उहाँले आफ्नो ३१औँ आरोहण आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई परिवार, शेर्पा समाज र सम्पूर्ण नेपालको सन्देशका रूपमा रहेको बताएका छन्।

देशका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको लुम्बिनी विकास बैंक लिमिटेडले हाल ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत सुरक्षित, आधुनिक र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नारासहित अगाडि बढिरहेको यस बैंकले ग्राहकहरूसँगको सम्बन्धलाई सहकार्य र सम्मानको प्रतीकका रूपमा निरन्तर बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार