सीजीको एआई एयर फ्रायर’ नेपाली भान्सामा नयाँ युग

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार

सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर ‘सीजी मिडिया स्मार्ट एयर फ्रायर मोडेल’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक नेपाली भान्सामा सफाइ, समय बचत र स्वास्थ्यलाई प्राथमिकता दिँदै कम्पनीले यो अत्याधुनिक उपकरण बजारमा ल्याएको हो।

कम्पनीका अनुसार सीजीएमआरएएफ–८एलएआई नेपालमा पहिलोपटक एआई (कृत्रिम बुद्धिमत्ता) र IoT (इन्टरनेट अफ थिङ्स) प्रविधि संयोजन भएको एयर फ्रायर हो। १८०० वाट पावर र ८ लिटर क्षमताको यो मोडेलले घरेलु पकवानलाई स्वचालित, सुरक्षित र सटिक बनाउने दाबी कम्पनीले गरेको छ।

यस एयर फ्रायरभित्र जडित इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूले पकाइने खानाको प्रकार र तौल पहिचान गर्छन्। प्राप्त डाटाको विश्लेषण गर्दै एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समय स्वचालित रूपमा निर्धारण गर्छ, जसले हरेकपटक उत्कृष्ट परिणाम दिन मद्दत गर्छ।

सीजी स्मार्ट होम एपबाट रिमोट कन्ट्रोल गर्न सकिने यो उपकरणले प्रयोगकर्तालाई स्मार्टफोनबाट नै तापक्रम, समय, तथा पकाइ मोड सेट गर्ने सुविधा प्रदान गर्छ।

मुख्य विशेषताहरू
• २५ स्वचालित मेनुसहितको एआई प्रणाली
• स्प्रे टेक्नोलोजीमार्फत बाहिर–भित्र समान कुरकुरोपन
• ठूलो परिवारका लागि उपयुक्त विशाल बास्केट
• फ्राइ, ग्रिल, रोस्ट, बेक—एकै उपकरणमा बहुउपयोग
• ८०–२००°C तापक्रम नियन्त्रण
• तेलबिना नै कुरकुरे स्वाद
• पकाइको अवस्था हेर्न मिल्ने पारदर्शी झ्याल

सीजीका प्रतिनिधिहरूका अनुसार, यो उत्पादन नेपाली उपभोक्ताका लागि अत्याधुनिक र स्मार्ट भान्सा प्रविधिको नयाँ विकल्प हो। सीजीएमआरएएफ–८एलएआई एयर फ्रायरको अधिकतम खुद्रा मूल्य रू. १६,१४० राखिएको छ।

देशभरका सीजी डिजिटल आउटलेट, अन्य खुद्रा स्टोर तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत यो मोडेल खरिद गर्न सकिने कम्पनीले जनाएको छ। साथै, २० आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको छ।

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार