नेपालको शैक्षिक परामर्श क्षेत्रमा अग्रणी मानिएको ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशन २० औँ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा शाखा विस्तार गर्दै सेवा प्रदान गर्दै आएको छ।
१२ भन्दा बढी देशमा आफ्ना शाखा स्थापना गरेर ग्रेस इन्टरनेशनलले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गरिरहेको छ। संस्थाले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्डलगायतका लोकप्रिय गन्तव्यमा अध्ययनका अवसर उपलब्ध गराइरहेको छ।
“विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने” लक्ष्यसहित, ग्रेस इन्टरनेशनलले १९ वर्षदेखि विद्यार्थीको भविष्य निर्माणमा निरन्तर सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले बताए।
उनका अनुसार ग्रेस इन्टरनेशनलले हजारौं नेपाली विद्यार्थीलाई विदेशमा उपयुक्त गन्तव्य, कोर्स र विश्वविद्यालय छनोटमा मार्गदर्शन गर्दै आएको छ। पौडेलले भविष्यमा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षक गन्तव्य बनाउने सम्भावनाबारे अनुसन्धान भइरहेको जानकारी पनि दिए।
उनले भने, “१९ वर्षको यात्रामा हामी धेरै नेपाली विद्यार्थीको भविष्य निर्माणमा संलग्न छौं। भविष्यमा नेपालमै पढ्न चाहने विदेशी विद्यार्थीलाई आकर्षित गर्ने दिशामा पनि काम गरिरहेका छौं।”
