गृहमन्त्रीले भिजिट भिसा प्रकरणबारे संसद्‍मा सम्बोधन गर्ने

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने हुनुभएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेतासहितको बैठकमा गृहमन्त्रीको राजीनामा प्रकरणबारे कुनै कुरा नभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले प्रतिपक्षीसँग थप छलफल गर्ने पनि कुरा भएको छ, गृहमन्त्रीका हकमा उहाँबारे उठेका प्रश्नको संसद्मा सरकारकोतर्फबाट जवाफ दिनु हुनेछ ।

बालुवाटारमा बुधबार भएको बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी हुनुहुन्थ्यो ।