गणतन्त्र सम्बन्धि प्रदर्शनी कसैको विरोधमा नभएको एमालेको दाबी

नेकपा एमालेले भोलि जेठ १५ मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।

आज बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले एमालेको कार्यक्रम कसैको विरोध नभएर जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेको उल्लेख गर्नुभयो ।

उहाँले भोलिको कार्यक्रम एमालेको मात्रै नभएको बताउँदै सबै राजनीतिक दल र नेताहरूलाई सहभागी हुन आह्वान पनि गर्नुभयो ।