बीमालेख नविकरणमा चुनौती, तर सरेन्डर दर घट्दै

नेपाल बीमा प्राधिकरणका हालै सार्वजनिक तथ्याङ्क अनुसार सवा १२ लाख बीमितले पौने ३७ अर्ब रुपैयाँ बराबरको बीमालेख नविकरण नगरेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको विवरणले यो देखाएको हो।

बीमालेख नविकरण नगर्ने अवस्था

असोज मसान्तसम्म १२ लाख २० हजार ५४८ बीमालेख नविकरण नभएका छन्, जुन गत वर्षको सोही अवधाभन्दा १.८६ प्रतिशत बढी हो। गत वर्ष असोजसम्म नविकरण नभएका बीमालेख ११ लाख ९८ हजार २९५ थिए।

नविकरण नभएको बीमालेख रकमको आकार भने ४.८९ प्रतिशत वृद्धि भई ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ थियो।

सरेन्डर दर घट्दै

बीमालेख नविकरण नगरेको संख्या बढे पनि बीमा सरेन्डर रकममा केही सकारात्मक संकेत देखिएको छ। असोज मसान्तसम्म ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ, जुन गत वर्षको असोजसम्मको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँको तुलनामा ८.७९ प्रतिशत बढी हो।

समिक्षा अवधिमा २२ हजार ९९९ बीमितले सरेन्डर गरेका छन्। तथ्याङ्क अनुसार, बीमालेख संख्याको आधारमा सरेन्डर दर १८.०३ प्रतिशत घटेको देखिएको छ। गत वर्षको पहिलो तीन महिनामा २८ हजार ५७ बीमालेख सरेन्डर भएको थियो।