सानिमा बैंकको कार्ड सिस्टम सुधार: विद्युतीय भुक्तानी केही दिन रोकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरूको सेवा अझ प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यले ‘कार्ड स्विच माइग्रेसन’ गर्न लागेको छ। यस प्राविधिक सुधारका कारण केही दिन विद्युतीय भुक्तानी सेवाहरू अवरुद्ध हुनेछन्।

अवरोध हुने सेवाहरू र समय तालिका यस प्रकार छ:

  • क्रेडिट कार्ड सेवा: मंसिर ७ गते बेलुका १०:०० बजेदेखि मंसिर ९ गते राती ११:४५ बजेसम्म

  • सम्पूर्ण कार्ड सेवा (डेबिट कार्ड, एटीएम, POS): मंसिर ९ गते बिहान १०:०० बजेदेखि राती १०:०० बजेसम्म

  • POS सेवा: मंसिर ८ गते बेलुका १०:०० बजेदेखि मंसिर ९ गते राती १०:०० बजेसम्म

बैंकले ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै थप जानकारीका लागि नजिकैको शाखा वा +९७७-१-५९७००३३ मा सम्पर्क गर्न आग्रह गरेको छ। बैंकका अनुसार यो सुधारले दीर्घकालीन रूपमा सुरक्षित र सहज बैंकिङ अनुभव सुनिश्चित गर्नेछ।