सिद्धार्थ बैंक एनपीएलमा काठमाडौं गोर्खाज विरुद्ध सुदुरपश्चिम हरमित सिंहको विस्फोटक अर्धशतक

काठमाडौं गोर्खाज विरुद्ध सुदुरपश्चिम रोयल्सका हरमित सिंहले विस्फोटक अर्धशतक प्रहार गरेका छन्।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा दबाबमा रहेको सुदूरपश्चिमलाई हरमितले सम्हालेका हुन्। सुदूरपश्चिमले ६ विकेट गुमाएपछि हरमित आएका थिए।

उनले १९ बलमा अर्धशतक प्रहार गरे। उनले एक चौका र ६ छक्काको मद्दतले ५३ रन बनाए।
काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।

आज सिद्धार्थ बैंक एनपीएमा काठमाडौँ र सुदूरपश्चिम भिड्दै