भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले यस प्रकरणको अनुसन्धानमा आफ्नो सहयोग रहने बताउनुभएको छ ।
आफूलाई लागेको आरोपबारे आज बुधबार पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उहाँले त्यसको स्वतन्त्र निकायले छानबिन गर्नुपर्ने मत राख्नुभयो ।
‘संवैधानिक निकायले गर्ने कामकारबाहीलाई मेरो सहयोग हुन्छ,’ लेखकले भन्नुभयो, ‘स्वतन्त्र निकायलाई स्वतन्त्र अनुसन्धान गर्न दिएर निष्कर्ष निकाल्न दिनुपर्छ।’
लोकतन्त्र र विधिको शासनका लागि आफू लड्दै आएको भन्दै उनले आफ्नो व्यवहारले पनि त्यसलाई पुष्टि गर्ने उहाँको तर्क थियो ।
‘लोकतन्त्र र विधिको शासनको लागि लड्दै आएको छु,’ लेखकले भन्नुभयो, ‘यस्तो व्यक्तिले सहयोग र थप कारबाही होस् भन्ने गरी क्रियाकलाप गरिरहेको छु, जुन मेरो विगतका क्रियाकलापले पुष्टि गर्छ।’