अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२७ को तालिका सार्वजनिक गरेको छ।
यो प्रतियोगिता जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशमा आयोजना हुनेछ।
प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन्।
प्रतियोगिताको तेस्रो संस्करणमा चार-चार टोलीका चार समूह हुनेछन्। खेल काठमाडौँका टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानु तथा बंगलादेशका चट्टोग्रामस्थित वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियमु र सिलहटस्थित सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमुमा खेलाइनेछ।
समूह यसप्रकार छन् :
समूह ए : भारत, आयरल्यान्ड, वेस्ट इन्डिज र नेपाल
समूह बी : दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ
समूह सी : अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स ९यूएई०
समूह डी : इङ्ल्यान्ड, श्रीलंका, संयुक्त राज्य अमेरिका -यूएसए र स्कटल्यान्ड
प्रतियोगिता जनवरी २१ मा चार खेलसहित सुरु हुनेछ।
जसअन्तर्गत बिहान बंगलादेशले यूएईसँग खेल्नेछ भने दिउँसो अघिल्लो संस्करणको उपविजेता अस्ट्रेलिया एसआईसीएस ग्राउन्ड १ मा नाइजेरियासँग भिड्नेछ।
काठमाडौँमा श्रीलंकाले माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डसँग खेल्नेछ भने यसपछि इङ्गल्यान्ड अमेरिकासँग भिड्नेछ।
दुईपटकको डिफेन्डिङ च्याम्पियन भारतले जनवरी २२ मा काठमाडौँको टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वेस्ट इन्डिजविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षा सुरु गर्नेछ।
आयोजक नेपालले सोही दिन आयरल्यान्डविरुद्ध खेलेर प्रतियोगिता सुरु गर्नेछ।
न्युजिल्यान्डले सामोआको सामना गर्नेछ भने दक्षिण अफ्रिका सोही दिन चट्टोग्राममा पाकिस्तानसँग भिड्नेछ।
समूह चरण जनवरी २६ सम्म चल्नेछ। यसपछि छनोट हुने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
यी टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
सेमिफाइनल खेल फेब्रुअरी ४ मा वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियमुमा हुनेछ, जसमा फेब्रुअरी ५ लाई रिजर्भ डे -अतिरिक्त दिनका रूपमा राखिएको छ।
फाइनल खेल फेब्रुअरी ६ मा स्थानीय समयअनुसार दिउँसो १:३० बजे खेलिनेछ। फेब्रुअरी ७ लाई रिजर्भ डेका रूपमा तोकिएको छ।
