सीइडीबी होल्डिङ लिमिटेडमा अध्यक्ष परिवर्तन भएको छ। कम्पनीका पूर्व-अध्यक्ष अनिल कुमार रुङ्गटाले कार्य व्यस्तताका कारण पदबाट राजीनामा दिएका हुन्। मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा आधिकारिक रूपमा स्वीकृत गरेको छ।
रुङ्गटाको स्थानमा कम्पनीले देवीमाया न्यौपानेलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको जानकारी दिएको छ। नेतृत्व परिवर्तनसँगै संस्थागत सञ्चालन तथा आगामी रणनीतिमा नयाँ ऊर्जासहित अघि बढ्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
