एनपीएलमा बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

सिद्धार्थ बैंकनेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए। बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो ।

विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ, राम्रो प्रदर्शन