एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवे सुरू

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा औपचारिक रूपमा सुरू गर्ने भएको छ। नेपालमा डिजिटल कारोबारलाई विस्तार र सुरक्षित बनाउन लक्ष्यका साथ बैंकले यो नयाँ सेवा सार्वजनिक गरेको हो।

यो पेमेन्ट गेटवे सुचारु भएपछि बैंकले फिजिकल मर्चेन्टहरूझैं अनलाइन मर्चेन्टहरू पनि आफ्नै नेटवर्कमा अक्वायर गर्न सक्नेछ। यसमार्फत एनएमबि बैंकमा आवद्ध अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी सहज रूपमा स्वीकार गर्न पाउनेछन्।

बैंकका अनुसार नयाँ पेमेन्ट गेटवेले थ्रीडी सेकियोर (3D Secure) प्रविधि प्रयोग गर्ने भएकाले ग्राहकहरूको कार्ड भुक्तानी अझ सुरक्षित हुनेछ। यसले अनधिकृत कारोबारको जोखिम न्यून गर्नेछ र अनलाइन ट्रान्जेक्सनमा भरोसा बढाउने अपेक्षा छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै भुक्तानी सपोर्ट हुने भएकाले मर्चेन्टहरूले आफ्ना सेवाको दायरा विस्तार गर्न थप अवसर पाउनेछन्। अनलाइन वा ई–कमर्स व्यवसाय सञ्चालन गर्ने मर्चेन्टहरूले आवश्यक प्रक्रिया तथा प्राविधिक तयारी बैंकसँग समन्वय गरी यो सेवा आफ्नै पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन्।

एनएमबि बैंकले यसअघि पनि एनसीएचएलसँगको सहकार्यमा ईसीसी, आईपीएस, आरपीएस, नेपालपे क्युआर, कनेक्ट–आईपीएस, कर्पोरेटपे लगायतका डिजिटल सेवाहरू उपलब्ध गराउँदै आएको छ। अब ई–कमर्स पेमेन्ट गेटवे थपिएसँगै बैंकको डिजिटल सेवा दायरा अझ व्यापक बनेको छ।

एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई डोमेस्टिक तथा अन्तर्राष्ट्रिय कार्ड कारोबार, होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट गेटवे सेवा प्रदान गर्दै आएको छ।

यस्तै, ७७ जिल्लामा २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरिरहेको एनएमबि बैंकले अनलाइन पेमेन्ट गेटवेमार्फत डिजिटल भुक्तानी प्रणालीको पहुँच देशभर अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार